नखोलेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएपछि…

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र सुर्तीको खोल भेटिएको छ।

खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो।

Advertisement

अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिए। तिरुपती फुड्स एण्ड वेभरेजले २०१८ नोभेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन।

७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ।

More News last news
Loading...