विद्यार्थी नेता कापडीद्वारा विद्यालयलाई पुस्तक हस्तान्तरण

काठमाडौँ । विद्यार्थी नेता दुर्गा कापडीले विद्यालयलाई ५ सय पुस्तक हस्तान्तरण गरेका छन्। डडेलधुरा जिल्ला गन्यापधुरा ५ मा जन्मिएका नेताकापडीले भुवनेश्वरी माबि जैसेरालाई ५ सय पुस्तक हस्तान्तरण गरेका हुन्।

४ कक्षादेखि सोही विद्यालयमा अध्ययन गरेका कापडीले आफ्ना बुवा तथा नेपाली कांग्रेस गाउँ एकाइ सभापति बुवा धनी राम कापडीमार्फत उक्त पुस्तक हस्तान्तरण गरेका हुन्। सोही अवसरमा धनी रामलाई विद्यालयले सम्मान समेत गरेको छ।

Advertisement

अहिलेसम्म विभिन्न किसिमका गरी दुई लाख पुस्तक विद्यालयलाई हस्तान्तरण गरिसकेको प्रअ जय राज भट्टले जानकारी दिए। प्रमुख अतिथी समेत रहेका शेर बहादुर भण्डारीका अनुसार उक्त पुस्तकले विद्यालयलाई पुस्तकालय निर्माणमा सहयोग गर्नेछ।

कार्यक्रममा सबै वडाका वडाअध्यक्षको समेत उपस्थिती रहेको थियो।

More News last news
Loading...