काठमाडौं । काठमाडौँको सिभिल मल अगाडि पानी बोक्ने ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको ज्यान गएको छ।
बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ट्याङकरले ठक्कर दिदा कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने २३ वर्षीया सुनिता खत्री घाइते भएकी थिइन्। घाइते सुनिताको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्याङकर चालक फरार छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
