स्थानीयवासीको कुटपिटबााट सैनिक जवानको मृत्यु, गाउँले भागाभाग

लाहान । चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँलेको भागाभाग भएको छ।

बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।

 

More News last news
Loading...