मृगौला पीडित कार्कीलाई काँग्रेस नेता प्रदीप पौडेलद्वारा आर्थिक रकम हस्तान्तरण

काठमाडौँ । दुवै मृगौला फेल भई तीन वर्षदेखि नियमित रुपमा उपचार गराउँदै आएका राजेन्द्र कुमार कार्कीलाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

स्याङ्जाको पुतली बजार नगरपालिका पौवै गौँडे ५ घर भएका मृगौला पीडित ५६ वर्षीय राजेन्द्र कुमार कार्कीलाई नेविसंघ मकाउले पठाएको सहयोग रकम नेता पौडेलले आज हस्तान्तरण गरेका हुन्।

Advertisement

बिगत केही समयदेखि मृगौला पीडित कार्कीले राष्ट्रिय मृगौला रोग केन्द्रमा उपचार गराउँदै आएका छन्। मृगौला पीडित कार्कीले आफ्नो पारिवारिक अवस्था निकै नाजुक भएको र हालसम्म उपचार गराउँदा आफूसँग भएको सबै रकम सकिएको भन्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई प्रत्यारोपणका लागि पहल गरिदिन आग्रह गरेसँगै नेता पौडेलको आग्रहमा नेविसंघ मकाउ मार्फत उक्त सहयोग रकम आएको हो। कार्कीले मृगौला प्रत्यारोपणका लागि १० देखि १५ लाख लाग्ने पनि बताएका छन्।

कार्कीलाई नेविसंघ मकाउको पहलमा पठाईएको मोप ४२५५ अर्थात ६० हजार नेपाली रुपैयाँ नेता पौडेलले पीडित कार्कीलाई हस्तान्तरण गरेका छन्। नेता पौडेलले कार्कीको उपचारका लागि सहयोग गर्न आग्रह गर्दै नेविसंघ मकाउ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिएका छन्।

More News last news
Loading...