१५ वर्षीय बालिकामाथि बलात्कार गर्ने एक व्यक्ति पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-२ संगम चोकमा डेरा गरी बस्ने १५ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कारको आरोपमा प्रहरीले सोही उपमहानगरपालिका-५ पिप्लेकुनामा बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई मंगलबार राति पक्राउ गरेको छ।

Advertisement

ती बालिकालाई गत शनिबार जबरजस्ती बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चौलागाईलाई पक्राउ गरेको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...