इटालीमा एक नेपाली युवकको निधन

स्पेन । रोजगारीका लागि इटाली पुगेका एक नेपाली युवकको निधन भएको छ।

स्याङ्जा स्थायी घर भइ डेढ बर्षदेखि दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका २९ वर्षीय शोभितबहादुर बिश्वकर्माको क्यान्सर रोगको उपचारका क्रममा गत शुक्रबार निधन भएको हो।

Advertisement

लगातार बान्ता भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा क्यान्सर रोग देखिएको थियो । हाल मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको स्विट्जरल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ।

स्वर्गिय विश्वकर्माको परिवारले शदगत नेपालमै गर्ने इच्छा देखाएपछि शव नेपाल पठाउने प्रक्रिया थालिएको दूतावासले जनाएको छ।

More News last news
Loading...