बच्चा जन्माएर बाँसघारीमा फाल्ने आमा पक्राउ

पोखरा । पोखरा महानगरपालिका १६ बाटुलेचौर नजिकैको बाँसघारीमा नवजात शिशु फेला परेको छ।

बाटुलेचौर स्थानीय समुदायको सक्रिएतामा शिशलाई जन्म दिएर बाँसघारीमा छोड्ने आमालाई पत्ता लगाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Advertisement

उदयपुर स्थायी घर भई हाल पोखरा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले उक्त शिशुलाई जन्मदिएर बाँसघारीमा लगेर छाडेको स्विकार गरेकी छिन्।

सिमाले भनिन्, विवाह पश्चात गर्भ रह्यो तर श्रीमानसँग सम्बन्ध बिग्रिन पुग्दा आफुँले जन्माएको बच्चालाई पालन पोषाण गर्न नसक्ने भएपछि अरु कसैले पालोस् भनेर बाँसघारीमा छाडेँ।

अहिले शिशुलाई उपचारका लागि गण्डकी अस्पतालमा राखिएको र ती महिला प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...