इतिहाँसमै पहिलोपटक फेवातालमा डरलाग्दो छाल, ५० भन्दा बढी डुंगा डुबे

पोखरा । आईतबार पोखराको फेवातालमा समुद्री किनारको झल्को दिने गरी डरलाग्दो छाल आएको छ।

आईतबार दिउँसो चर्को हुरी बतासले ल्याएको छालमा परी ५० भन्दा बढी यात्रुरहित डुंगा डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। फेवाताल किनारमा पार्किङ गरी राखिएका डुँगा डुबेका हुन्।

Advertisement

फेवातालको बीचमा रहेको ताबाराही मन्दिर दर्शन गर्न पुगेका पर्यटक चर्को हावाहुरी आएपछि एक घण्टासम्म मन्दिरमै रोकिएका थिए।

बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालक र स्थानीयले उनीहरुको अलपत्र दर्शनार्थीको उद्धार गरेका थिए।

इतिहाँसमै अहिलेसम्म यतिधेरै टुँगा डुबाउने गरी छाल नआएको स्थानीय वृद्ध पुन्य प्रसाद घिमिरेले बताएका छन्।

More News last news
Loading...