बिहेमा हेर्न गएकी ५८ वर्षीया महिलामाथि सामूहिक बलात्कार

पाँचथर । फिदिम नगरपालिकामा ५८ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। विवाहको निम्ता मान्न गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ।

शुक्रबार राति तीन जनाको समूहले आफूलाई सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। पीडित महिलाको उजुरीको आधारमा घटनाका आरोपित स्थानीय ४५ वर्षीय धनसिंह फागोलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

घटनाका आरोपित अन्य दुई जना फरार रहेको पाँचथर प्रहरीले जानकारी दिएको छ। शुक्रबार छिमेकीको बिहेमा निम्तो मान्न गएको बेला राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्।

More News last news
Loading...