इलाम । १४ वर्षीया बालिका बलात्कारको आरोप प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
फाकफोकथुम गाउँपालिका ६ का २६ वर्षीय गोपाल राईलाई १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
दुई महिना अघि विवाह गर्छु भन्दै आफ्नै घरमा राखेर बलात्कार गरेको पीडित बालिकाले प्रहरीसँग बयान दिएकी छन्।
बयानका आधारमा राईलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धीको मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
