परमाणु सम्झौताबाट इरान पनि आंशिक रूपमा अलग

अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट अमेरिका पछि हटेको एक वर्षपछि इरानले त्यसका प्रमुख प्रतिबद्धताहरूलाई स्थगित गरेको छ। राष्ट्रपति हसन रुहानीले विशेष खालको युरेनियमलाई अन्य देशमा बिक्री गर्नुको सट्टा आफ्नै देशमा त्यसको प्रवर्द्धन गर्ने बताएका हुन्।

उनले प्रवर्द्धित युरेनियमको उत्पादनलाई अबको ६० दिनमा उच्च तहमा पुर्‍याउने धम्कीसमेत दिएका छन्।

Advertisement

सम्झौता
यो सम्झौता इरानको परमाणु महत्त्वाकांक्षालाई सीमित पार्ने लक्ष सहित उमाथिको रहेको प्रतिबन्ध खुकुलो पारेर गरिएको थियो।वाशिङ्टन सम्झौताबाट पछि हटेपछि इरान-अमेरिका तनाव बढेको छ। अमेरिकाले सम्झौताबाट पछि हटि प्रतिबन्धहरू पुन: लगाएपछि इरानको अर्थतन्त्रमा नराम्ररी धक्का लागेको छ।

इरानले सम्झौताका आफ्ना बाँकी हस्ताक्षरकर्ताहरू फ्रान्स, जर्मनी, रुस, चीन र ब्रिटेनलाई यससम्बन्धी निर्णयबारे बुधवार बिहान जानकारी गराएको छ। इरानका विदेश मन्त्री जावद जरिफले सम्झौता अन्तर्गतको अधिकार बमोजिम इरानले काम गरिरहेको र अब तीन युरोपेली शक्तिले त्यसमा काम गर्नुपर्ने बताए।

त्यसको प्रतिक्रियामा, फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सेली मिडियामा युरोपेली शक्तिहरू सम्झौतालाई जीवित राख्नका लागि आफूले सक्ने सबैकुरा गरिरहेको र सम्झौता पालना नभए त्यसको फल भोग्नुपर्ने संभवत: थप प्रतिबन्ध लगाइनेछ। चीन र रुसले वर्तमान परिस्थितिका लागि वाशिङ्टन दोषी रहेको बताएका छन्।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पूर्वनिर्धारित कार्यक्रम बिनै इराकको भ्रमण गरेपछि र अमेरिकी ‘एअरलिफ्ट क्यारिएर’ खाडी क्षेत्रमा खटाइएपछि इरानको यस्तो घोषणा आएको हो। अमेरिकी अधिकारीहरूले धम्कीबारे अमेरिकी फौज र इरानका आफ्ना साझेदारहरूलाई जानकारी गराएका छन् तर धम्कीको प्रकृतिबारे भने थोरैमात्रै विवरण दिएका छन्। बीबीसीको सहयोगमा

More News last news
Loading...