काठमाडौं । आँबुखैरेनी स्रष्टा समाजले ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ कलाकार उत्तम केसीलाई प्रदान गर्ने भएको छ। समाजले यही २८ गते शनिबार आँबुखैरेनीमा एक विशेष समारोहकाबीच यो पुरस्कार केसीलाई प्रदान गर्न लागेको हो।
त्यस्तै आँबुखैरेनी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने आबुँखैरेनी वाङ्मय पुरस्कार २०७४ को लागि यज्ञशको गैर आख्यान कृति ‘भूइयाँ’ लाई प्रदान गर्ने भएको छ।
दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । सोही अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
