काठमाडौं । सरकारले फेवातालको बीचमा कफी सप खोल्ने भएको छ। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको खुलासा गरेका हुन्।
उनले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको भन्दै फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने दाबी गरे।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ ले पोखरामा गरेको लुम्बिनी भ्रमण वर्षबारे जानकारी दिन पोखरामा भएको पत्रकार सम्मेलन तथा अन्तक्रिर्या कार्यक्रममा मन्त्री लम्सालले फेवातालमा कफी पसल खोल्ने योजनाबारे जानकारी गराएका हुन्।
उनले कफी सपमा ‘पूरै अर्गानिक’ कफी मात्रै पाइने दाबी गरेका छन्। उनले भने, ‘फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा हजारौं पर्यटकले दर्शन गर्छन्।
गण्डकी प्रदेशमा उब्जिएको अर्गानिक कफी हुने भएकाले त्यहाँ १ कपको १ सय डलर पर्ने जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
