बाग्लुङमा आफैँले चलाएको ग्रेडरले च्याप्पिएर एक जनाको मृत्यु

पोखरा । बाग्लुङको निसिखोला गाँउपालिका–६ जाउलेपानीमा ग्रेडर मेशिनले च्यापेर एक जनाको मृत्यु भएको छ।

आज दिउँसो मध्यपहाडी लोकमार्ग कालोपत्र गर्दै गर्दा बाटो सम्याउने ग्रेडर मेशिनका अपरेटर कृष्णहरि थापाको मृत्यु भएको हो।

Advertisement

आफैँले चलाउने मेसिन रोकेर झर्ने क्रममा हातको ब्रेक (हेण्ड ब्रेक) नलगाइकन झर्दा ग्रेडर मेसिन अचानक अगाडि बढेपछि च्यापिएर ३० वर्षीय चालक थापाको मृत्यु भएको मध्यपहाडी लोकमार्गका सब इञ्जिनीयर अर्जुन गौतमले बताए।

मृतक ग्रेडर चालक थापा सर्लाही जिल्ला साविकको पैयानिपुर गाविस–९ निवासी भएको प्रहरीले जनाएको छ।

More News last news
Loading...