सुनसरी । सुनसरीको देवाञ्गंज गाउँपालिका २ स्थित मकैवारीमा ४५ वर्षीय मनराज मेहताको अज्ञात व्यक्तिद्धारा हत्या गरि फालिएको अवस्थामा शव फेला परेको छ।
दुई दिन अघि बेपत्ता भएको मनराजको हिजो मकै वालीमा मृत अवस्थामा स्थानीय वासीहरुले खोज तलास गर्दा उनको शव फेला पारेको हो।
शवको प्रकृति हेर्दा शरीर भरी एसिड खन्याई जलाइएको प्रहरीको अनुमान छ । उनको शरिरभरी घाउको दाग, घाँटीभरी निल डाम देखिएको छ।
मृतक मनराज स्थानीय देवानगञ्जको कृषि उपज सामाग्री व्यापारी हुन्। समाजमा उनी सबैसंग हेलमेल गरि वस्दै आएका थिए।
अचानक वेपत्ता भई दुई दिनपछि स्थानियवासीले प्रहरीलाई खवर गरेको थियो प्रहरीले शवलाई पोस्तमार्टमको लागि जिल्ला अस्पताल इनरुवा लगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
