पोखरा । पोखरा विश्वविद्यालयका आन्दोलनरत विद्यार्थीहरुले उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्माको अनुहारमा कालोमोसो दलेका छन्।
काठमाडौँको चोभारमा रहेको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको समूहले शर्माको अनुहारमा कालोमोसो दलेका हुन्।
शर्मालाई नियमविपरित विद्यार्थी भर्ना गरेका पोखरा विश्वविद्यालय अन्र्तगरतका ४२ वटा निजी कलेजलाई कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन्।
शर्मा विगत १५ दिनदेखि पोखरा विश्विद्यालयको केन्द्रीय कार्यालयमा नगई काठमाडौँमा रहेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
