मजदुर दिवसकै दिन काम गरिरहेका एक मजदुरको मृत्यु

म्याग्दी । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । देशैभरि मजदुरीहरूले आफ्नो हक र अधिकारका लागि र्‍यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको ज्यान गएको छ।

ज्यान जानेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीय कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

Advertisement

बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उनको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले एक्स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ।

More News last news
Loading...