स्याङ्जा घर भएकी एक युवती पोखराको होटलमा मृत फेला

पोखरा । स्याङ्जाकी मिना खड्का पोखराको रामघाट स्थित एक होटलमा मृत अवस्थामा फेला परेकी छन्।

स्याङ्जाको वालिङ नगरपालिका–५ निवासी ६२ बर्षीया खड्का मंगलबार विहान मृत भेटिएकी हुन्।

Advertisement

सोमबार बेलुका सुतेकी खड्का विहान अवेरसम्म नउठेपछि होटल संचालकले हेर्दा भुईमा मृत अवस्थामा देखेका थिए। उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा स्वास्थ्य उपचारका लागि पोखरा आएको बुझिएको छ।

More News last news
Loading...