तनहुँ । तनहुँमा आतंक मच्चाउँदै हिँडेको भालु भानु नगरपालिका १३ मिलुङ्मा मृत अवस्थामा फेला परेको छ।
घरघरमा गई मानिसलाई नै आक्रमण गरी आतंक मच्चाउने भालु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
भालुले मिर्लुङ्गको चनौटे, तीनघर, बिसाउन, खड्कागाउँ, असिमुरे, सिस्ने, बाँकेपसल, मियाँगाउँ लगायतका गाउँका घरघरमा गई गाईभैसीको कुँडो, कुखुरा, फर्सी, कोदो लगायतका अन्नवाली खाने तथा मानिसलाई समेत आक्रमण गरी आतंक मच्याएको थियो।
उक्त गाउँगाउँमा डुलेर आतंकित बनाउने ३ वटा भालु मध्य एउटा भालु गत शनिबार मृत अवस्थामा भेटिएको हो । भालुको आक्रमणबाट स्थानीय २ जना घाइते भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
