पोखरा । जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ।
थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न समयमा १५ जनासँग रकम लिएपछि यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए।
थापा र उनका श्रीमान् हुमबहादुरले विभिन्न समयमा रकम लिएको र हानी नोक्सानी पुर्याएको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले श्रीमती थापालाई पक्राउ गरेको हो।
पक्राउ परेकी थापाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएके छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
