४५ सय रुपैयाँ सापटी रकम फिर्ता नदिँदा चिया पसलेको हत्या

सिरहा । बिरामी हुँदा साथीबाट सापटी लिएको ४५ सय रुपैयाँ फिर्ता गर्न नमान्दा लहान नगरपालिका( ९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या भएको छ।

तामाङलाई सप्तरीको राजविराज नगरपालिका ३ का ५५ वर्षीय ज्ञानबहादुर थापामगरले उक्त रकम सापटी दिएको थियो।

Advertisement

सापटी रकम पटकपटक माग्दा पनि तामाङले आनाकानी गर्दा उनको हत्या भएको हो।तामाङको शव हत्या गरिएको अवस्थामा गएको शनिबार लहान नगरपालिका १७ बलान खोलामा फेला परेको थियो।उनको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।

घटना भएको चार दिनमा प्रहरीले कसुरदार मगरलाई बुधबार धनगढीमाई नगरपालिका १० बाट पक्राउ गरेको हो । उनलाई बिहीबार इलाका प्रहरी कार्यालय लहानमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ।

प्रहरीले पत्रकार सम्मेलनमा सार्वजानिक गरेको विवरण अनुसार मगर ६-७ वर्ष पहिलादेखि बेसार बिक्री गर्दै हिँड्ने क्रममा तामाङसँग चिनजान भएको थियो । तामाङको गोठटोलमा चिया पसल छ।

त्यही क्रममा मगरले तामाङ बिरामी पर्दा ४५ सय रुपैयाँ सापटी दिएका थिए । रुपैयाँ फिर्ता माग्दा आनकानी गरी उल्टै मगरलाई डर र धम्की दिँदै आएका थिए।

चैत ५ गते साँझ मगर तामाङको घरमा आयो । मासु र रक्सी पनि सेवन गर्‍यो। घरमा कसेलै थाहा नपाउने गरी तामाङकै घरबाट खुकुरी लियो।

मगरले तामाङलाई ललाइ९ फकाइ बजार घुम्न जाउ भन्दै घर बाहिर लग्यो । अघिअघि हिँडिरहेका तामाङले पछाडीबाट खुकुरी प्रहार गरी हत्या गरेको मगरले प्रहरीसमक्ष बयान दिएका छन्।

More News last news
Loading...