स्याङ्जा । प्रजातान्त्रिक विचारका अभिभावक टेक बहादुर रानाको निधन भएको छ ।
९० बर्षीय रानाको स्याङ्जा जिल्ला हरिनास गा.पा वडा नं १ आफ्नै निवासमा निधन भएको हो । वि.स १९८६ मा जन्मिएका राना वि.स २०२० देखि २०२३ सम्म सालडाँडाँ आर्दश पंचायतको प्रधान, श्री भोजप्रकाश मा.वि.का संस्थापक अध्यक्ष, तत्कालिन कोल्मा मौजाका सेक्रेटरी भएका थिए ।
उनी २०३२ सालदेखि आफ्नै वडामा बालबगैचा स्थापना गरि सुन्तला लगाएतका कषि पेशामा समेत सक्रियतका साथ आवद्द थिए ।
म आफ्नो लागि हैन समाजका लागि लड्छु भन्ने सिद्दान्त अंगाल्दै समाज सेवामा लागेर वहुदल प्रजातन्त्रको लागि संर्घष गरेका रानाको निधनले स्याङ्जालाई अपुरणीय क्षति पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
