तनहुँको गुणादीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि बस्ने गम्भीर

तनहुँ । तनहुँको गुणादीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको ज्यान गएको छ। उक्त दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका ३३ बस्ने वर्ष ३१ को सन्दिप कुवंरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परी घाइते कुँवरलाई उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो।

Advertisement

दमौलीबाट पोखरा तर्फ जादै गरेको ना ६ ख ८४१० नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं ३ -०२-००१ प ६०३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो।

त्यस्तै मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका ७ मासबार २५ वर्षीया सिर्जना रावत घाइते भएकी छिन्।

रावतको दायाँ खुट्टा र छातिमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

More News last news
Loading...