बागलुङको घोडाबाँधेमा जन्ती बस दुर्घटना, ८ घाइते

पोखरा । बागलुङको ताराखोला गाउँपालिकाको माँझखर्क बाट लेखानीतर्फ आउँदै गरेको जन्ती चढेको बस आज काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

ध १ ख ४६८ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याइएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए। बस सडकबाट चिप्लिएर खसेको थियो।

Advertisement

More News last news
Loading...