उदयपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते सशस्त्र प्रहरीका हबलदारको मृत्यु

उदयपुर । उदयपुरमा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हबलदार कालिदास भण्डारीको मृत्यु भएको हो ।

गाईघाटबाट चुहाडे तफै गई रहेको लु।३ च ४४४९ नम्बरको ट्याक्टरले सोही दिशा तफै गई रहेको अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आईरहेको भण्डारी सवार लु ४९ प ४०७४ नम्बरको मोटर साइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए।

Advertisement

ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएको भण्डारीको उपचारको क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) चन्द्रदेव राईले जानकारी दिए।

मृतक भण्डारी भूतपूर्व नेपाल सशस्त्र प्रहरी बलका हबलदार हुन्। उनले केही समय अगाडी मात्रै अवकाश लिएका थिए।

More News last news
Loading...