काठमाडौँ । नवलपरासीको देवचुली २ मा रहेको उद्योग ग्राम क्षेत्रमा केहीबेर अघि बम विष्फोट भएको छ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको उद्योगपति विनोद चौधरीको चौधरी उद्योग (सिजी ग्रुप) सञ्चालनमा छ।
उद्योगको प्रमुख गेटको पूर्वतर्फ बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
स्थानीयहरुले शक्तिशाली आवाज आएकाले पेट्रोल बम विष्फोट भएको अनुमान गरेका छन्।
नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले भोलि बिहिवारका लागि आव्हान गरेको बन्दलाई प्रभावकारी बनाउन बम बिष्फोट गरीएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रवेशद्धार नजिकै रहेको खोल्सामा भएको विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
