‘रेग्मीको निधनले पार्टीलाई अपुरणीय क्षति’

काठमाडौं । पोर्चुगलमा असामायिक निधन भएका नेपाल बिद्यार्थी संघ स्याङ्जाका नेता बिदुर रेग्मीको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा मंगलबार जारी बिज्ञप्तीमा भनिएको छ,‘स्याङ्जा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ का क्षेत्रीय सभापति तुलसी रेग्मीका एक मात्र छोरा विदुर रेग्मीको २८ वर्षको उमेरमा २०७५ चैत्र २३ गते पोर्चुगलमा हुन गएको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति पुग्न गएको छ । ’

Advertisement

रेग्मी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको स्याङ्जा जिल्ला कार्यसमिति सदस्य रहेको र उनको निधनले नेपाली कांग्रेस पार्टीलाई दुःखीत बनाएको शोक बिज्ञप्तिमा भनिएको छ । स्व.रेग्मीको पार्थीव शरिरलाई मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपसभापति श्री गोपालमान श्रेष्ठले पार्टीको चार तारे झण्डा ओडाई कास्कीको सेती नदिको रामघाटमा अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

अन्तिम श्रद्धान्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, प्रदिप पौडेल, संविधानसभा सदस्य राजु थापा, प्रदेश सभा सदस्य एवं तरुण दल स्याङ्जा अध्यक्ष भगवत प्रकाश मल्ल, नेपाल बिद्यार्थी संघ स्याङ्जाका सभापति अजि क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

२०१६ देखि पोर्चुगल बस्दै आएका २९ वर्षीय रेग्मीले केही समयदेखि फोक्सोको समस्याबाट पीडित थिए । यद्यपी उनको मृत्यु हृदयघातबाट भएको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

बिज्ञप्ति :

More News last news
Loading...