सर्लाहीको पुर्व पश्चिम राजमार्गमा बस दुर्घटना, ३ जनाको मृत्यु, ३१ घाईते

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, पूर्व–पश्चिम राजमार्ग आज बिहान रिजर्भ बस दुर्घटनाहुँदा तीन जनाको ज्यान गएको छ भने ३१ जना घाईते भएका छन ।

काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको बागवानीमा आज विहान अनियन्त्रित भई पल्टिदाँ दुवही ८ सिरहाको अनिल उराउ, मोरङ्ग बुद्धीगङ्ग नगरपालिका –६ बस्ने २२ वर्षिया बबी उराउ र सुनसरी रामधोनी न.पा. ९ बस्ने ४० वर्षिय श्रीकान्त चौधरीको घटना स्थलमै ज्यान गएको हो।

Advertisement

मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकको मुनलाईट हाइड्रो पावर बलाठे जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु रहेका छन्। उनीहरु काठमाण्डौंबाटे बस रिजर्भ गरेर घर फर्किदै थिए।

दुर्घटनाका ३१ जना घाईतेमध्ये सुनसरी बस्ने ३२ वर्षिया केसरी चौधरी र रामजन न.पा. ५ बस्ने वर्ष २६ को सुनित चौधरीको अवस्था चिन्ता जनक रहेको प्रहरले जनाएको छ।

घाइतेहरु मध्ये ५ जनालाई थप उपचारको लागि विराटनगरतर्फ लगिएको जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिनुभयो। त्यस्तै सामान्य घाईतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ।

More News last news
Loading...