हे भगवान याे कस्ताे विपत्ती ! चट्याङले छाती डढेपछि १० वर्षीया बालिकाको मृत्यु

विराटनगर । चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । देशका केही स्थानहरुमा विहानको समयदेखिनै हावा, हुरी , चट्याङ र पानी परिरहेको छ ।

मोरङकी १० वर्षीया आराधना राजवंशीको हावा, हुरी र वर्षासँगै परेको चट्याङबाट ज्यान गएको हो । चट्याङले उनको छाती डढेको छ । बालिका घर नजिकै चट्याङले लागेर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि विराट मेडिकल कलेजमा लगिएकाे थियाे ।

Advertisement

बालिकालाई डाक्टरले मृत्त घोषना गरेर पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

माछा मार्ने क्रममा सुनकोशी नदीले बगाएर श्रेष्ठ वेपत्ता

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ निवासी ६१ वर्षीय भक्ते भनेर चिनिने प्रेमबहादुर श्रेष्ठ सुनकोशी नदीले वगाएर वेपत्ता भएका छन् ।

शनिवार दिउँसो गोलन्जोर गाउँपालिका वलेनीस्थित सुनकोशी नदीमा माछा मार्ने क्रममा श्रेष्ठलाई सुनकोशी नदीले वगाउँदा वेपत्ता भएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक बीरेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

श्रेष्ठको शव खोजी कार्य जारी भएता पनि शनिवार परेको वर्षासँगै नदीमा आएको धमिलो वाढीका कारण शव फेला पार्न नसकिएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो ।

More News last news
Loading...