विराटनगर । हावा, हुरी र वर्षासँगै परेको चट्याङले लागेर शनिबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीकी १० वर्षीय आराधना राजवंशीको मृत्यु भएको छ।
खेतमा बाँधेको गाई फुकाएर घरतिर लिएर आउँदै गर्दा घर नजिकै चट्याङले लागेर घाइते भएकी बालिकाको छात्ती डढेको छ।
घाइते अवस्थामा उपचारका लागि विराट मेडिकल कलेज ल्याइपुर्याइएकोमा चिकित्सकले मृत्त घोषित गरेको प्रहरीले जनाएको छ। बालिकाको शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
