‘कलंकीको चक्रपथ सडकको पुलमुनी अपरिचित युवकको शव’

काठमाडौं । काडमाडाैंको स्वयम्भु स्थित सडकको पुलमुनी एक युवकको शव फेला परेको छ। चक्रपथ सडकको पुलमुनी अन्दाजी ३०-३५ वर्षीय युवकको शव भेटिएको हो।

फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि हल्लाखल्ला भएको थियो। त्यसलगत्तै पुगेको प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ।

Advertisement

युवकको पेट क्षतविक्षत हुनेगरी काटिएको र घाँटी तथा कम्मर समेत धारिलो हतियार प्रहार गरेको भए पनि मुख प्रष्ट देखिने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।

More News last news
Loading...