मलेसिया । मलेसियामा भएको प्रथम एसियन प्यासिफिक तेक्वान्दो च्याम्पियनशीप प्रतियोगितामा नेपालकी सविना श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
चैत १४ गतेदेखि १९ गतेसम्म सञ्चालित प्रतियोगिमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी श्रेष्ठ ४४ देखि ५४ के।जी। तौल समूहमा स्वर्ण पदक हासिल गरी नेपालको नाम राख्न सफल भएकी हुन्।

उनी आजै नेपाल फर्कदै छन् । सोही अवसरमा उनलाई विभिन्न संघ संस्थाले स्वागत गर्ने कार्यक्रम समेत रहेको नेपाल तेक्वान्दो संघ गुल्मीका अध्यक्ष भीम ज्ञवालीले जानकारी दिनुभयो। गुल्मीको रुरु गाउँपालिका ४ वलेटक्सारमा जन्मिएकी श्रेष्ठले जिल्लाकै श्रीङ्गेश्वर तेक्वान्दो डोजाङमा प्रशिक्षण लिएकी हुन्।

१३ वर्षीय श्रेष्ठ ज्ञवा माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत छिन्। उनी सानैदेखि तेक्वान्दो खेलप्रति रुची राख्ने गर्थिन् । गुल्मी जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा प्रशिक्षक भीम ज्ञवालीका अनुसार मेहनत र लगनशीलताले अहिले उनलाई यो सफलता मिल्यो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
