कुमार बाबु हितंगाँ/स्याङ्जा । नेपाली काँग्रेसका महामन्त्री डा. शसांक कोईरालाले मंगलबार एक कार्यक्रममा बोल्दै अहिलेको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
प्रेस युनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार भेटघाटमा महान्त्री कोईरालाले प्रधानमन्त्रीले सेना परिचालन देखि सम्पुर्ण अधिकार हातमा लिन खोज्ने अभिव्यक्तिले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको स्पष्ट भएको आरोप लगाएका हुन् ।
सरकारले वाइडबडी, निर्मला पन्तको हत्या, सुन तस्करी बुडी गण्डकी लगायतमा देशका महत्वपूर्ण आयोजनामा चरम भष्ट्राचार गरेको र कर्मचारी, प्रहरी, पत्रकार माथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । सरकारले जनताको पक्षमा काम गर्नुको साटो दुई तिहाईको दम्भले मनलाग्दी जनबिरोधी कार्य गरेको आरोप लगाए । कोइरालाले भने, ‘राउतसँग गरेका सहमतिमा सरकार र राउतले आ–आफ्नै ढङ्गले व्याख्या गर्नु सरकारको ठूलो कमजोरी हो ।’
बिखण्डनको नारा बोकेर हिडेका सिके राउत संग सम्झौता र विप्लव समूहलाई प्रतिबन्ध लगाउनु सरकारको कच्चा निर्णय भएको बताए । विप्लव समूहलाई प्रतिबन्ध लगाउनुको सट्टा वार्ता गर्नुपर्ने हो, तर सरकार उल्टो बाटोमा हिडेको उनको जिकिर थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
