मलेसियामा एक नेपालीद्वारा झुण्डिएर आत्महत्या, अर्काको हृदयघातबाट मृत्यु

मलेसिया । मलेसियाको इपोहमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । धनकुटा स्थायी घर भएका टंक बहादुर कार्की करिब दुई बर्ष अगाडी मलेसिया आएका थिए।

इपोह स्थित एक नेपाली रेस्टुरेन्टमा कार्यरत कार्की हिजो राति ११ बजे काम सकाएर सुत्न गएको र आज बिहानी करिब ७ बजेतिर नउठेपछि ढोका फुटाएर हेर्दा कार्की सिलिङ्ग फ्यानमा झुन्डेर मृत अबस्थामा फेला परेका थिए।

Advertisement

अहिले कार्कीको शवलाई पोस्टमार्टमको लागि इपोह स्थित राजा हस्पिटलमा राखिएको छ ।

त्यस्तैगरी रोजगारीको शिलशिलामा मलेसिया आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। नवलपरासी प्रगतिनगर ४ स्थायी घर भएका दिपक खरालको हृदयघातका कारण मृत्यु भएको हो।

दिपक बिगत केही समयदेखि अवैधानिक भएर मलेसियाको राजधानी क्वालालम्पुर स्थित प्लटिनुम स्विट्स होटेलमा काम गर्दै आएका थिए।

२६ वर्षीय खराललाई शुक्रबार डिउटी समयमा काम गर्दागर्दै हृदयघात भएको सोही होटेलका सुरक्षा गार्डको रुपमा कार्यरत नेपाली इन्द्र राईले बताए।

अहिले मृतकको शव पोस्टमार्टमको लागि क्वालालम्पुर स्थित जनरल हस्पिटलमा राखिएको छ।

More News last news
Loading...