पोखरामा फेरि अर्को प्याराग्लाईडिङ दुर्घटना !

पोखरा । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एक विदेशी नागरिक घाईते भएका छन्।

बिहिबार पोखरा महानगरपालिका—१८ सराङ्कोट गोठादिबाट उडान गरेको हिमालयन फ्रन्टीएर कम्पनिको प्याराग्याईडिङ दुर्घटना हुँदा चाईनिज नागरिक TANG FURONG घाईते भएका हुन्।

Advertisement

पाईलट महेन्द्र नेपालीले चलाएको प्याराग्लाईडिङ रुखमा ठोक्एिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनामा घाईते भएकी अन्दाजी ४०/४५ बर्षीया चाईनिज नागरिक FURONG लाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा पठाएर घटनाको बारे थप अनुसम्भान गरिरहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...