बुटवलमा गोली चल्यो, १ जनाको मत्यु

काठमाडौ । बुटवलको मैनाबगरमा बुधबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय नागरिक फिरोज खान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

गोली लागेर घाइते भएका खानलाई उपचारका लागि लुम्बिनी प्रदेशिक अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जानकारी दियो।

Advertisement

गोली किन र कसले चलायो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। खान मैनाकगर अटो भिलेजमा काम गर्ने भारतीय नागरिक रहेको खुलेको छ।

अहिले जनता त्रासमा बाँचिरहेका छन् । यो बिचमा हरेक दिनजसो हिंसाका घटनाहरु भइरहेका छन् । नेपाल सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिवन्ध लगाएपछि अहिले जनतामा दोस्रो जनयुद्धको प्रतिबिम्ब देखिन थालेको छ ।

सरकारी पक्षबाट भएको कारबाहीका विप्लवका हरेक दिन नेता कार्यकर्ताहरु पक्राउ पर्न थालेका छन् । पहिले पक्राउ परकाहरु भने अहिले छेट्न थालेका छन् ।

More News last news
Loading...