पोखरा । कास्की जिल्लाको पोखरा महानगरापालिका–६ लेकसाइडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुङ्गा पल्टिएर डुबेका तीन जना पर्यटकलाई एपीएफ टोलीले सकुशल उद्दार गरेको छ।
उनीहरु सो तालमा डुब्नासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वाकालिका कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्दार गरेको हो।
तालमा बोटिङ्ग गर्ने क्रममा एक्कासी आएको हावाहुरीको कारण चिनियाँ नागरीक २४ वर्षीया Menguyaor yu, २५ वर्षीया Lewei Deng र ६० वर्षीया Kangbning Mai लाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त तालबाट बाहिर निकालेको हो।
उनीहरु चैत ५ गते दुर्घटनामा परेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
