धादिङ । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो।
दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकामा उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
दुर्घटनामा सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
