पोखरामा फेरि प्याराग्लाईडिङ दुर्घटना

पोखरा । प्याराग्लाईडिङ दुर्घटना हुँदा मंगलबार दुई जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–१८ सराङकोटबाट फेवातालको सिरानमा झर्ने क्रममा ग्लाईडर विद्युत्को तारमा अड्किन गई दुर्घटना हुँदा पाइलट चिनियाँ नागरिक ५० वर्षीय अलेस वीकरिन र सिङ्गापुरका सात वर्षीय बालक याङ गोवाङजी घाइते भएका हुन्।

Advertisement

ओपन स्काई प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ दुर्घटनामा परी घाइते भएका उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ भने घटनाका विषयमा थप अनुसन्धार भई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

केही समय अघि पनि पोखरामा लगातार ३ वटा प्याराग्लाईडिङ दुर्घटना भएका थिए।

More News last news
Loading...