रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु, ३५ जना घाइते (नामसहित)

दाङ । दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ भने ३५ जना घाईते भएका छन् ।

रोल्पाबाट दाङतर्फ आउदै गरेको ना ४ ख ६०९४ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दह नजिकै आज दिउँसो सवा तिन बजेतिर दुर्घटना भएको हो । बस रोल्पाको बागमाराबाट घोराही आउदै गरेको प्रहरीले बताएको छ ।

Advertisement

बसले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटनामा सहचालक रोल्पा रुन्टीगढी ७ का २३ बर्षिय हर्कबहादुर पुनको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । बस राप्ती सार्वजनिक यातायात व्यवसायी समितिको भएको बताइएको छ ।

घाईते मध्ये केहिको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने तीन जनाको थप उपचारका लागी कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बस चालक कुरेली गा।पा।६ बस्ने बर्ष ३० को नैने रोका मगर भने सामान्य घाईते भएका छन् ।

रिफर हुनेमा रोल्पा माडी गाउँपालिका ३ का ६७ बर्षीय ईन्द्र बहादुर घर्तिमगर, जौलेपोखरी गाउँपालिकाका ५५ बर्षिया सम्पुरा डाँगी र तुलसीपुर ९ कि ४५ बर्षिया रथा घर्ती रहेका छन् ।

यस्तै दुर्घटनामा परि रोल्पा पाछावाङ २ का १७ बर्षीय दिपक बि।क, परिवर्तन गाउँपालिका १ का ३१ बर्षीय निम प्रकाश खत्री, माडी गाउँपालिका ३ का २३ बर्षीय पहल पुन मगर, सोहि गाउँपालिका ५ का १९ बर्षीय प्रकाश बि।क र ६० बर्षीय मैते बि।क घाइते भएका छन् ।

यस्तै माडी गाउँपालिका वडा नम्बर ९ का २० बर्षीय रुमिला बुढा, वडा नम्वर ४ का ३९ बर्षीय पुर्ण खड्का, वडा नम्बर ५ का ५० बर्षीय खड्कामाली बुढा, वडा नम्बर ६ बका ३० बर्षीय मनिष बि।क, वडा नम्वर ६ का ६० बर्षीय हिमकला बुढामगर, वडा नम्बर २ का ४७ बर्षीय बलिराम घर्ती मगर र वडा नम्बर ६ का १९ बर्षीय मनमाया बुढा घाइते भएका छन् ।

यसैगरी परिवर्तन गाउँपालिका ५ का ५२ बर्षीय रमिता घर्ती, सोही वडाकी ५० बर्षीय खर्कमाली बुढा, तालावाङ २ का १२ बर्षीय लोक ब।बि।क।,पाछावाङ ४ का ३२ बर्षीय देउचन वली, नुवागाउ २ का २२ बर्षीय पुस्पा डाँगी, त्रिबेणी गाउँपालिका ७ का ४० बर्षीय चन्द्र माया घर्ती, सोहि गाउपालिका ३ का ५३ बर्षीय सिजमाली बुढा, वडा नम्बर ७ का २७ बर्षीय भिम कुमारी घर्ती र सोहि वडाकि ३३ बर्षीय चिजमाली बाठा घाइते भएका छन् ।

यसैगरि परिवर्तन गाउँपालिका १ का ४८ बर्षीय धनु डाँगी, वडा नम्वर ३ का ६५ बर्सिय मैने परियार, सोहि वडाका ६० बर्षीय भुमिसरा परियार, त्रिवेणी गाउँपालिका १ का ५१ बर्षीय सगमती वली, वडा नम्वर ५ का २३ बर्षीय थप ब।वली र सोहि वडाका ६४ बर्षीय तिल ब. राना घाईते भएको प्रहरीले बताएको छ । घाईते मध्ये धेरैको अवस्था सामान्य रहेको बताईएको छ ।

More News last news
Loading...