कास्की । गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत एक किशोर फेवातालमा मृत अवस्थामा फेला परेका छन्।
म्याग्दी घर भइ हाल पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत वर्ष २४ को शिशीर केसी शनिवार १०ः३० बजे मृत फेला परेका हुन्।
पोखराको रत्नचोकमा बस्ने केसी पोखरा १८ सेदीबगरबाट ६० मिटर टाढा तालमा फेला परेको प्रहरीले जनाएको छ। कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र गुरुङले घटनाको अनुसन्धान भइरहेको बताए।
केसी एमबीबीएस पाँचौ वर्षमा अध्ययनरत थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
