इलामको माइपोखरीमा आगलागी, ४ घर जलेर नष्ट

इलाम । इलामको सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी नजिकका घरमा आगलागी भएको छ।धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी पस्ने गेट अगाडीको घरमा लागेको आगो नियन्त्रणमा आएको छैन।

१ बजेबाट सुरु भएको आगलागीबाट चक्र मुखियाको घर जलेको छ। उनका भाइ कमल मुखिया, लाक्पा सेर्पा र निम्दोर्जे शेर्पाको घरमा समेत आगलागी सुरु भएको स्थानीय युवराज पिसीले जानकारी दिए।

Advertisement

धार्मिक तथा नजिकै रहेको वनमा समेत आगलागी सुरु भइसकेको स्थानीय दिनेश सुवेदीले बताएका छन्। स्थानीय र शुरक्षाकर्मीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

More News last news
Loading...