भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम सिलिण्डर विस्फोट

चितवन । जिल्लाको भरतपुर महानगरपालिका-५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ।

गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महानगरको वडा कार्यालयमा विस्फोट भएको पुष्टि गरे।

घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको आगो नियन्त्रणमा लिएको राठौरले जानकारी दिए।

प्रहरीले सतर्कता अपनाएको बताइरहेका बेला विस्फोटको घटना भएको छ। विस्फोट कसले गरायो भन्ने खुलेको छैन। तर, प्रहरीले विप्लव नेतृत्वको पार्टीको संलग्नता हुनसक्ने अनुमान गरेको छ।

विस्फोट गराएको आशंकामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामाथि अनुसन्धान थालिएको राठौरले बताए।

More News last news
Loading...