बीबीसी । शमिमा बेगमले यसअघि जन्माएका दुई शिशुलाई समेत बचाउन नसकेको बताएकी थिइन्।
ब्रिटेनबाट भागेर इस्लामिक स्टेट आईएस प्रवेश गरेकी शमिमा बेगमका नवजात छोरा जराहले सिरियामा ज्यान गुमाएका छन्। ३ साता भन्दा कम उमेरका ति शिशुलाई निमोनियाको संक्रमण भएको बताइएको छ।
यसअघि कुर्द लडाकुहरुको एउटा सैन्य क्याम्पमा देखा पर्दा उनी गर्भवती थिइन्। उनले बच्चा जन्माउन आफू ब्रिटेन फर्कन चाहेको बताएकी थिइन्। तर, ब्रिटेन सरकारले भने उनको नागरिकता रद्द गरिदिएको थियो।
पुष्टि
बीबीसीले उत्तर पूर्वी सिरियामा नियन्त्रण राख्ने अमेरिका समर्थित सिरियन डेमोक्रयाटिक फोर्सेस (एसडिएफ) र उनी बसिरहेको सिरियाली शरणार्थी शिविरका चिकित्सकहरुसँग सम्पर्क गरेर शमिमाको नवजात छोराको मृत्यु पुष्टि गरेको छ।
क्याम्प नजिकैको एक जेलमा रहेका बेगमका डच श्रीमानलाई समेत मृत्युको खबर सुनाइएको छ। ब्रिटिस गृहमन्त्री साजिद जविदले उक्त खबरप्रति प्रतिकृया जनाउँदै उनकै शब्दमा ‘मर्माहत परिवारप्रति साहनुभुति मात्र दिनसक्ने’ बताएका छन्।
यसअघि मन्त्री जविदले नागरिकता रद्दको विषय उनका सन्तानका हकमा भने लागु नहुने बताएका थिए। उनले भनेका थिए, “आमाबुवाका कारण बालबालिकाहरु प्रताडित हुनु भनेको बालअधिकार विरोधी काम हुनेछ।”
घटनाक्रम
सन् २०१५ शमिमा र उनका दुई स्कुले साथीहरु आईएस प्रवेश गर्न भन्दै लण्डनबाट भागेपछि उनीहरु सञ्चारमाध्यमको आँखामा परेका थिए।
सन् २०१५ शमीमा र उनका दुई स्कुले साथीहरु आईएस प्रवेग गर्न भन्दै लण्डनबाट भागेपछि उनीहरु सञ्चारमाध्यमको आँखामा परेका थिए। शमिमाले यसअघि जन्माएका दुई शिशुलाई समेत बचाउन नसकेको बताएकी थिइन्।
जराहलाई जन्माएपछि बीबीसीसँगको कुरा गर्दै शमिमाले भनेकी थिइन्, “सिरिया आएकोमा मलाई कुनै पछुतो छैन तर आइएसका सबैखाले काममा समर्थन जनाउन समेत समेत सकिंदैन।”
उनी आईएसको अन्तिम पडक क्षेत्र बगुजबाट निस्केर उक्त शिविरसम्म आएको बताइएको छ। सेभ द चिल्ड्रेनले पाँच वर्ष मुनीका ६० भन्दा बढि बालबालिकाहरुले ती क्याम्पहरुमा ज्यान गुमाइसकेका बताएको छ।
र उसले ब्रिटेन सहितका मुलुकलाई ‘आफ्ना नागरिकहरुको जिम्मेवारी लिन’ आग्रह गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
