पर्वतका काँग्रेस नेता गुरुङ्गको निधन

पर्वत । नेपाली काँग्रेसका नेता थमन बहादुर गुरुङ्गको गएराती निधन भएको छ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गुरुङ्गको पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गमै रहेको निवासमा गएराती साढे ११ बजे निधन भएको हो।

Advertisement

पञ्चायतकालदेखिनै नेपाली काँग्रेसमा रहेर राजनीति गर्दै आउनुभएका गुरुङ्ग सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको थियो । बहुदलिय व्यवस्था पछि उहाँ नपाली काँग्रेसको कार्यसमितिमा रहेर निरन्तर सक्रिय राजनीति गर्दै आउनुभएको छ।

उहाँ अघिल्लो जिल्ला अधिवेशनवाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो। उमेरले ६४ पुग्नुभएका गुरुङ केहि विगत तीन वर्षदेखि कलेजोको क्यान्सर र लिभरकोको समस्या कारण बरामी पर्दै आउनुभएको थियो। उहाँ माघ बीस गते चेकजाँचका लागि नर्भिक अस्पताल काठमाण्डौं पुग्दा अस्पतालले घरमै आराम गर्न सुझाव दिएपछि घरमै आराम गरिरहनुभएको थियो।

उहाँको दुई छोरा रहेका छन् । एउटा छोरा अमेरिका र एउटा घरमै रहेका छन्। उहाँकी एक श्रीमती पनि हुनुहुन्छ। उहाँको आजै दुर्लुङ्गमै रहेको गुरुङ्गहरुको दाहसंस्कार गर्ने स्थल खिर खाने घाँडाघाटमा दाहसंस्कार गर्ने कार्यक्रम काँग्रेस नेता लेखबहादुर गुरुङ्गले जानकारी दिनुभयो। उहाँको निधनका कारण नेपाली काँग्रेस पर्वत शोकमग्न बनेको छ।

More News last news
Loading...