फेरी भारतीय सेनाको विमान दुर्घटना, खस्यो कि खसालियो पत्तो छैन !

काठमाडौँ । राजस्थानको बीकानेरमा शुक्रबार भारतीय वायुसेनाको मिग-२१ विमान दुर्घटना भएको छ।

के कारणले दुर्घटना भएको भन्ने पत्ता लागिसकेको छैन । तर चरा विमानसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

Advertisement

विमानमा समस्या देखिन थालेपछि पाइलटले भने विमानबाट हाम फालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन्। अहिले दुर्घटनाग्रस्त क्षेत्रमा चारैतिर प्रहरीहरु खटाइएका छन्।

भारतमा लगातार मिग विमान दुर्घटना भइरहेका छन्। त्यसैले यसलाई ‘उड्ने कफिन’ नाम पनि दिन थालिएको छ । मिग विमानद्वारा नै विंग कमाण्डर अभिनन्दले पाकिस्तानको एफ १६ माथि आक्रमण गरेका थिए।

More News last news
Loading...