हेलिकप्टर दुर्घटनामा परेका मन्त्री अधिकारीका अंगरक्षकको पेस्तोल फेला

ताप्लेजुङ । फागुन १५ गते ताप्लेजुङ हेलिकोप्टर दुर्घटना हराइरहेको पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीका अंग रक्षक अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको छ।

फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार तथा मन्त्री अधिकारीका अंग रक्षक अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल मंगलबार दिउँसो फेला परेको हो।

Advertisement

अस्थाई प्रहरी चौकी माथिल्लो फेदीं र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला परेको हो।

उक्त दुर्घटनामा मन्त्री अधिकारी उनका अंग रक्षकर घिमिरेसहित ७ जनाको ज्यान गएको थियो।

More News last news
Loading...