पोखरामा मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन हजारौँको भिड, नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे

पोखरा । ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिने क्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चलिरहेको छ।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन प्रदर्शनी केन्द्रमा संघीय सरकारका मन्त्री, विभिन्न पार्टीका नेता, सर्वसाधरण लगायतको भिड लागेको छ । भिड नियन्त्रण गर्न प्रहरीलाई समस्या भएको छ ।

Advertisement

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, मन्त्री पद्मा अर्याललगायत पोखरा आएका छन् ।

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरुले पनि श्रद्धाञ्जली दिईरहेका छन् । मन्त्री अधिकारीको पार्थिव शरीर ४ बजेसम्म प्रदर्शनी केन्द्रमा राखिने बताईएको छ। त्यसपछि रामघाट लगेर राष्ट्रिय सम्मानका साथ् अन्त्यष्टी गरिने छ ।

तर श्रद्धाञ्जली दिनेको भिड लागेका कारण ४ बजेसम्म नसकिने अनुमान लगाउन सकिन्छ । श्रद्धाञ्जलि अर्पण गर्नका लागि हजारौँ सर्वसाधारण लामबद्ध रहेका छन् ।

श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिनेछ।

More News last news
Loading...