काठमाडाै । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको आज पोखरामा अन्तिम संस्कार गरिँदै छ।
उनको शव काठमडौँ टुँडिखेलबाट कमलपोखरी, रातोपुल हुँदै गौशालाबाट एयरपोर्ट हुँदै पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अद्धाञ्जली अर्पण गरिएपछि नयाँबजार, महेन्द्रपुलको बाटोबाट रानी पौवा हस्पिटल चोक हुँदै रामघाटमा पुर्याएर राजकीय सम्मान साथ अधिकारीको अन्त्येष्टि गरिने छ।

यसैबीच, दिवंगत अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सरकारले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई पोखरा पठाएको छ।
नेकपाले नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि खटाएको छ।
रामघाटमा अन्त्यष्टि गर्नुअघि उपप्रधानमन्त्री पोखरेलले अधिकारीको पार्थिक शरीरमा राष्ट्रिय झण्डा तथा गौतम र श्रेष्ठले पार्टी झण्डा ओढाउने छन्।
त्यस्तैै, पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शवलाई भने उनको घरमा दुई दिन सम्म राखिने र पर्सि टेकुमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । अन्य ५ जनाकाे शवलाई भने आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीलाई पोखरामा श्रद्धाञ्जली
Gepostet von DCnepal am Freitag, 1. März 2019
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
